धनगढीमा प्राकृतिक स्रोतमा आधारित उद्धमीहरुलाई तीन दिने उद्धमशिलता आवासीय तालीम सम्पन्न
धनगढी । धनगढीमा प्राकृतिक स्रोतमा आधारित उद्धमीहरुलाई तीन दिने उद्धमशिलता आवासीय तालीम सम्पन्न भएको छ । USAID को जल जंगल परियोजना धनगढीले बुधबारदेखि आयोजना गरेको तालीमको शुक्रबार समापन भएको हो ।
तालीममा USAID जल जंगल परियोजना धनगढीको आफ्नो कार्य क्षेत्र सुदुरपश्चिमका कैलाश पबित्र भु परिधि र तराई भु परिधिबाट जम्मा ६ जिल्लाका २४ स्थानीय तहबाट २५ जना प्राकृतिक स्रोतमा आधारित उद्धमीहरुको सहभागिता रहेको थियो ।

यो परियोजनाले प्राकृति स्रोतमा आधारित उद्यम (प्राकृतिक उपहार स्वरुप प्रदान गरेका कच्चा पदार्थहरुको दिगो प्रयोग गरी सो कच्चा पदार्थबाट उद्यम व्यवसाय संञ्चालन गर्नु ) संञ्चालनमा रहेका वा संञ्चालन गर्न सकिने लघु साना तथा मझौला उद्योगहरुको प्रर्वद्धन तथा विकास गर्नु प्रमुख उद्देश्य रहेको आयोजकले जानकारी दिए ।
जस अन्तर्गत उद्यमीहरुको आवश्यकता पहिचान गरी उद्यमशीलता विकास तथा वित्तीय साक्षरता तालीम , बजारीकरण, उपयुक्त प्रविधिमा सहजकिरण, सीप विकास तालीम , लघुवित्तमा पहुँच जस्ता कार्य गर्दछ ।
तालीमका उद्देश्यहरु स्थानीय स्रोतको पहिचान गर्नु, संञ्चालनमा रहेका प्राकृतिक स्रोतमा आधारति उद्योगहरुको अवस्था पहिचान गर्नु ,उद्योग क्षेत्रमा स्थानीय तहको पहल कदमीबारे जानकारी । प्राकृतिक स्रोतमा आधारित उद्योगहरुको समस्या पत्ता लगाउने वा उद्यमीहरुको क्षमता विकास विकास गर्नु, प्राकृतिक स्रोतमा आधारति उद्यमको दिगोपनबारे जानकारी गराउने रहेको छ ।
तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हीत संरक्षण निर्देशनालयका निमित्त निर्देशक केशव राज जोशीले गरेका थिए भने अध्यक्षता USAID जल जंगल कार्यक्रम धनगढी कार्यालयका कार्यालय प्रमुख तथा लेन्ड स्केप टिम लिडर भास्कर भट्टराईले गरेका थिए । प्रशिक्षक दिल बहादुर बिश्वकर्मा अतिथि रहेका थिए ।
तालीम पुस २४ गतेदेखि पुस २६ गतेसम्म धनगढीको रुवस होटलमा संचालन भएको थियो ।
२९ पुस २०८१, सोमवार ०७:२६ बजे प्रकाशित













