punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा ११ को परीक्षा रद्द गर्न राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

Chaupati
safha napa

काठमाडौं,साउन २३। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा नगर्न सबै विद्यालयहरुलाई निर्देशन दिएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै सरकारबाट अर्को निर्णय नभएसम्मका लागि कक्षा ११ को परीक्षा नगर्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमणका कारण सरकारले हालसम्म विद्यालय सञ्चालनको निर्णय नगरेको अवस्थामा केही विद्यालयहरुले परीक्षको कार्यतालिका सार्वजनिक गरेका थिए ।

‘कोभिड १९ को सङ्क्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामासमेत केही विद्यालयले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्बजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरुमा त्रासको वातावरण सिर्जना हुन गएकाले नेपाल सरकारबाट विद्याल पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्य नगर्नु नगराउनु हुन सूचित गरिन्छ,’ बोर्डको सूचनामा भनिएको छ

कोभिड-११ का कारण स्थगित कक्षा ११ को नियमिततर्फको परीक्षा आगामी माघभन्दा अगाडि लिइसक्नु पर्ने व्यवस्था छ । आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व परीक्षा दिइसक्नु कार्यविधिमा उल्लेख छ ।।


२३ साउन २०७७, शुक्रवार ०६:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु