भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको साझा प्रतिवद्धता
धनगढी। भ्रष्टाचारविरुद्ध साझा प्रतिवद्धतासहित सुदूरपश्चिम प्रदेश सरकारले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबिच दिवस मनाइएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता बनौं, भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न र भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गरौं भन्ने प्रतिवद्धता गरिएको छ ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी लगायतको उपस्थिति थियो ।
२४ मंसिर २०८१, सोमवार १२:०२ बजे प्रकाशित













