सुनकाे मुल्य आज बढ्याे , कतिमा हुदैँछ काराेबार ?

काठमाण्डौं। सुनको मूल्य आज केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चारसय रुपैयाँ बढेर आज एक लाख ५० हजार एकसय रुपैयाँ पुगेको छ।

आइतबार तोलामा चारसय रुपैयाँ घटेर सुनको मूल्य एक लाख ४९ हजार सातसय रुपैयाँमा झरेको थियो। त्यसअघि गएको शुक्रबार पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको थियो। अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ६५ रुपैयाँमै यथावत छ। हिजो पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।


२४ मंसिर २०८१, सोमवार ११:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु