पत्रकार बिसीका दुबै मिर्गौला फेल, सहयोगका लागि याचना

अछाम, साउन २२ । अछाममा सक्रिय पत्रकारिता गर्दै आएका रेडियो सोसाईटी एफएमका कार्यकारी निर्देशक पत्रकार ध्रुव बिसीका दबै मिर्गौला फेल भएका छन् ।

उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएपछि पत्रकार बिसि काठमाण्डौको बिर अस्पतालमा उपचार गराईरहेका छन् । बिगत १ महिनादेखि अस्पतालको शैयामा मिर्गौलाको डायलासिस गराइरहेका बिसी यतिबेला आर्थिक अभावमा रहेका छन् । बिज्ञ चिकित्सकको सल्लाह अनुसार उनको दुई वटै मिर्गौला प्रत्यारोपण गर्नुको अर्को बिकल्प छैन ।

मिर्गौला प्रत्यारोपण गर्नका लागि पत्रकार बिसीलाई करिब २० लाख रुपैयाँ आवश्यक देखिएको अस्पताले जनाएको छ । पीडित पत्रकार बिसीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई सहयोगका लागि याचना गरेका छन् ।


२२ साउन २०७७, बिहीवार ०५:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु