कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु , एक गम्भीर घाइते

धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदाएकजनाको मृत्यु भएको छ।

कैलालीको घोडाघोडी नगरपालिका-१ डोडापुलस्थित सडकमा से ३ प ७६७३ नम्बरको मोटरसाइकल मंगलवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-३ जुरपानी बस्ने २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। साथै मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-४ का ३५ वर्षीय रोहीत चौधरी घाईते भएका रोहीतको उपचार निसर्ग अस्पताल धनगढीमा भइरहेको  प्रहरीले जनाएको छ।

 


५ मंसिर २०८१, बुधवार १३:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु