बझाङकी रश्मिला धामीले पाटन अदालत अगाडी गरिन् आत्मदाह प्रयास

धनगढी। बझाङकी रश्मिला धामीले पाटन अदालत अगाडी आत्मदाह प्रयास गरेकि छिन् । एमाले केन्द्रिय सदस्य ऐन महरबाट पिडित भएको बताउने रश्मिलाले पाटन अदालत अगाडी आज आत्मदाह प्रयास गरेकि हुन् ।

महरले आफुलाई यौन सोषण गरेको भन्दै रश्मिला पाटन अदालत धाइरहेकि छिन् । रश्मिलाले अदालत परिसरमा मट्टितेल पिएको अनुमान चिकित्सकहरूले गरेका छन् । उच्च अदालत पाटनमा सादा पोशाकका प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य देखिने बस्तु सेवन गरेकी थिइन् ।

उपचारका निम्ति उनलाई जावलाखेलस्थित अल्का अस्पताल लगिएको थियो । त्यहाँ बिरामीको नाम टिपाउने क्रममा उनी बझाङ, बुंगल घर भएकी रश्मिला धामी नै भएको पहिचान खुलेको थियो । त्यसपछि उनी प्रहरीको नियन्त्रणमा त आइन्, तर उनको होस खुलेको छैन । उनलाई अस्पतालको आकस्मिक कक्षमा राखिएको ड्युटीमा खटिएका प्रहरीले बताए ।

रश्मिलाका विरुद्ध एमाले नेता ऐन महरले जिल्ला प्रहरी परिसर, काठमाडौंमा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी जाहेरी दिएका थिए । अस्पतालमा उपचारपछि उनलाई प्रहरी परिसरमा बुझाइने बताइएको छ । ।

 


५ मंसिर २०८१, बुधवार १३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु