punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा वृद्धको हत्या गरी ढोकामा ताल्चा, एक जना पक्राउ

Chaupati
safha napa

डोटीको दीपायल–सिलगढी नगरपालिका–६ सिलगढीका ७५ वर्षीय कालुसिंह विष्टलाई प्रहरीले उनकै घरभित्र हत्या गरिएको अवस्थामा फेला पारेको छ। बिहीबार बिहान विष्ट हराएको भन्दै प्रहरी कार्यालयमा परिवारका सदस्यले दिएको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा विष्टलाई बिहीबार उनी बस्ने घरकै कोठाभित्रै हत्या गरेर बाहिरबाट ढोकामा ताल्चा लगाइएको अवस्थामा प्रहरीले फेला पारेको हो।

शव सड्न लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दीपायल–सिलगढी नगरपालिका–६ नाचनथलीका २२ वर्षीय सरोबर श्रेष्ठलाई पक्राउ गरेको छ। श्रेष्ठले वृद्ध कालुसिँहकोमा लागुऔषध किन्न गएको र उनले लागुऔषध छैन भनेपछि उनलाई कुटपिट गरेर बाहिरबाट ताल्चा लगाएर गएको प्रहरीलाई बताएका छन्। मृतक विष्टको आइतबार अन्त्येष्टि गरिएको छ। श्रेष्ठले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।


२५ भदौ २०८१, मंगलवार १४:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु