आफूलाई कार्बाही गरेर देखाउन नेता रावलको चुनौती

धनगढी । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा भीम रावलले आफूलाई कार्वाही गरेर देखाउन चुनौती दिएका छन् । गृह जिल्ला अछाम पुगेका नेता रावलले आज साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई कार्वाहि गरेर देखाउन चुनौती दिएका हुन् ।
देश जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढता पूर्वक खडा भएको केही मानिसहरूलाई बिझाई रहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे ।

देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका बिषयमा आफू जानकार रहेकाले आफ्नो अडानमा अविचलित रहेको र त्यसै अनुसार चल्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

पार्टी बिचार शून्य अवस्थामा पुगेको भन्दै नेता रावलले आफू पार्टीको विधि,विधान र सिद्धान्तको पक्षमा बोल्दै आएको तर्फ सबैको ध्यानाकर्षण गराएका थिए । उनले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउँदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरेका छन् । गेटा मेडिकल कलेजमा एमबिबिएस अध्यापनका लागि अनुमति नदिएर सुदूरपश्चिम माथि विभेदपूर्ण व्यवहार गरिएको भन्दै प्रति निन्दा व्यक्त गरेका थिए ।

 


२५ भदौ २०८१, मंगलवार ११:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु