punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेरि लकडाउन गर्ने चर्चा, सीसीएमसीले गर्यो यस्तो निर्णय

Chaupati
safha napa

काठमाडौं, साउन १९ । विराटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकमा विभिन्न रुपमा पुनः लकडाउन गर्न थालिएको छ ।

यससँगै एक सय २० दिन लकडाउन भोगेको देशबासीबीच फेरि लकडाउन हुने चर्चा सुरु भएको छ ।

साउन १५ मा बसेको कोरोना निर्देशक समितिको बैठकमा पनि कोरोना बढ्दै गए नयाँ निर्णय गर्ने विषयमा छलफल भएको बताइएको छ ।

लकडाउन खुलेसँगै देशभरि आवतजावत गर्नेको संख्या र संक्रमितको दर पनि बढेको देखिन्छ ।

सबैभन्दा बढी जनघनत्व भएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको विषयमा सीसीएमसी सचिबालय र उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिमा छलफल भइरहेको छ ।

‘केही दिनलाई परीक्षण दायरा बढाउने र नतिजाको आधारमा निर्णय गर्ने भन्ने कुरा भएको छ’, सीसीएमसी सचिबालयका संयोजक एवम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब महेन्द्रप्रसाद गुरागाईले भने । कान्तिपुर दैनिक


१९ साउन २०७७, सोमवार ०१:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु