भारतका केन्द्रिय गृहमन्त्री अमित शाहलाइ कोरोना संक्रमण
काठमाडौंं ,१८ साउन । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ । ट्वीट गर्दै आफुलाइ कोरोना संक्रमण भएको जानकारी उनले आज सार्वजनिक गरेका हुन् । आफू डाक्टरको सल्लाहमा अस्पताल भर्ना हुन गैरहेको पनि उल्लेख गरेका छ्न ।
‘कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र कोरोना रिपोर्ट पोजेटिभ आयो ।’ ‘मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरको सल्लाहमा म अस्पतालमा भर्ना भइरहेको छु,’ भनेका छ्न ।
साथै उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफुलाई अलग राख्न र जाँच गर्न अनुरोध समेत गरेका छन् ।

१८ साउन २०७७, आइतवार १७:३४ बजे प्रकाशित































