अमिताभले जिते कोरोना
काठमाडौं १८,साउन । चर्चित भारतिय अभिनेता अमिताभ बच्चन कोरोनालाइ जितेर घर फर्केका छ्न ।
आइतबार बिहान गरिएको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्जार्च भएका छ्न ।
सामाजिक सञ्जाल फेसबुकमा स्टास लेख्दै उनले आफु डिस्जार्च भएको कुरा जानकारी गराएका छन्। आफु केही समय सम्म कोठामै क्वारेन्टाइनमा बस्ने उनले स्टासमा उल्लेख गरेका छन् । अस्पतालको बसाईमा स्वास्थ्य लाभको काम गर्ने सबैलाई उनले धन्यवाद दिएका छन्।
१८ साउन २०७७, आइतवार १६:१० बजे प्रकाशित































