punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेवानिवृत्त हुन लागेकी एआइजी डा. सिंहको बिदाइ

Chaupati
safha napa

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा.आशा सिंहलाई बिदाइ गरेका छन् ।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक डा.सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवं सुदृढीकरणका लागि सङ्गठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको बताए ।

सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तारलगायत नीतिगत निर्णयबाट साङ्गठनिक सुधारका क्षेत्रमा उपलब्धिमूलक काम भएको उनले उल्लेख गरे ।

महानिरीक्षक कुँवरले सेवानिवृत्त जीवनपश्चात् पनि सङ्गठनको हितका लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवं सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहलाई मायाको चिनो प्रदान गरेका थिए ।

डा. सिंह विसं २०५२ माघ १८ गते प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । प्रहरी अतिरिक्त महानिरीक्षक सिंह उमेर हदका कारण साउन १० गते सेवानिवृत्त हुँदै छिन् ।


१० साउन २०८१, बिहीवार ००:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु