punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार

Chaupati
safha napa

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलटको उद्धार गरिएको छ ।

सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक गर्दै सौर्य एयरलाइन्सले १८ जनाको मृत्यु भएको जनाएको हो ।

एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले
१९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताए । यस बाहेक विमानमा अन्य सर्वसाधारण नभएको उनले बताए ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट सुशान्त कटुवाल रहेका थिए । क्याप्टेन शाक्य घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् ।


९ साउन २०८१, बुधवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु