कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर डेढ वर्षीय बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ चित्रपुरमा सेफ्टी टं्याकीमा खसेर डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

शिवा रानाको छोरा १५ महिनाको लिवन रानाको सोही ठाउँ बस्ने रमेश रानाको ढक्कन खुल्ला गरि राखेको सेफ्टी ट्याङ्कीमा खस्न गई डुबेर मृत्यु भएको हो ।

डुबेर अचेत अवस्थामा फेला पारी उपचारको लागि धनगढी स्थित मायामेट्रो अस्पताल धनगढीमा लिएको डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


२५ वैशाख २०८१, मंगलवार १०:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु