सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।


२५ वैशाख २०८१, मंगलवार १०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु