चट्याङ लागेर एकै परिवारका तीन जना घाइते, घर नष्ट
डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर एकै घरका तीनजना घाइते भएका छन् ।
सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।
घाइते उनीहरूको अवस्था सामान्य छ । चट्याङले घर पूर्ण रूपमा नष्ट भएको छ ।
२५ वैशाख २०८१, मंगलवार ०९:३५ बजे प्रकाशित













