पुनर्वास नगरपालिकाले गर्यो अधिकृत गणेशराज जोशीको सम्मानसहित विदाइ

कञ्चनपुर। पुनर्वास नगरपालिकामा कार्यरत अधिकृत गणेशराज जोशीलाई सेवा निवृत्तिको अवसरमा सम्मानसहित विदाइ गरिएको छ। नगरपालिकाले हिजो आयोजना गरेको एक विशेष समारोहका बीच जोशीको योगदानको कदर गर्दै भव्य विदाइ गरेको हो।

विदाइ समारोहमा  बोल्दै निवर्तमान नगरप्रमुख जीवन थापाले जोशीले आफ्नो कार्यकालमा नगरपालिकाको प्रशासनिक तथा न्यायिक क्षेत्रको कार्यसम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले नगर न्यायपालिकामा दर्ता भएका विभिन्न मुद्दाको सहजीकरण तथा व्यवस्थापनमा जोशीले पुर्‍याएको योगदान स्मरणीय रहेको उल्लेख गरे।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उपप्रमुख भुलिया कुमारी रानाले पुनर्वास नगरपालिकामा आएका विभिन्न मुद्दा तथा घटनाक्रमका जोशी साक्षी रहेको बताउँदै उनको कार्यकुशलता र समर्पणको प्रशंसा गरिन्। उनले सेवा निवृत्तिपछिको जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरिन्।

त्यसैगरी, विदाइ समारोहमा मन्तव्य राख्दै नगर प्रमुख तोयाप्रसाद शर्माले विदाइका क्षण सधैं भावुक हुने उल्लेख गरे। पालिकामा  निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच विगत चार वर्षको सहकार्य स्मरण गर्दै उनले कार्यालयीय कामकाजका क्रममा आएका मिठा–नमिठा अनुभवहरू स्वाभाविक भएको बताए। साथै, जोशीको आगामी जीवन सफल, सहज र सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरे।

सेवा निवृत भएका जोशीले पालिका प्रांगणमा रुद्राक्षको बोट रोप्दै पालिकामा विताएको समय सम्झिदै भावुक भनेका थिए । उनले सेवा अवधीभर आएका उतार चढावहरुको स्मरण गर्दै पुनर्वास नगरपालिकामा विताएको समय उत्कृष्ट रहेको बताए । उनले जनप्रतिनिधि , सहकर्मी तथा सेवाग्राहीहरुलाई धन्यवाद दिदै आफू सधैं नगरपालिका प्रति उत्तरदायी भैरहने बताए ।

विदाइ कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले जोशीले नगरपालिकामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उनको आगामी जीवनका लागि शुभकामना व्यक्त गरेका थिए।

सेवा अवधिभर नगरपालिकाको प्रशासनिक तथा न्यायिक कार्यसम्पादनमा सक्रिय भूमिका निर्वाह गरेका जोशीलाई कार्यक्रममा मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो। उनलाई कर्मचारीहरुले घरसम्म पुर्याएर फर्किएका थिए ।


५ असार २०८३, शुक्रवार १०:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु