सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


१३ वैशाख २०८१, बिहीवार ११:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु