punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका यी ५ रिक्त जनप्रतिनिधि पदमा उपनिर्वाचनको तयारी कहिले ?

Chaupati
safha napa

सुदूरपश्चिमका ५ सहित देशभरका १८ जिल्लाका २१ जनप्रतिनिधिको रिक्त पद रिक्त भएको छ । प्रदेश र स्थानीय तह गरी जनप्रतिनिधिको रिक्त पदमा उपनिर्वाचनको तयारी सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार बझाङ–१ को प्रदेश सभा सदस्यमा निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि उक्त पद रिक्त छ। सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ गते निधन भएको थियो। सिंह कांग्रेसबाट निर्वाचित भएका थिए। यस्तै कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएर पद रिक्त छ।

कांग्रेसबाट निर्वाचित समिति प्रमुख जितेका कलेलको २०७९ पुस २३ मा निधन भएको थिए। उता डोटीको पूर्वाचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधनपछि पद रिक्त छ। गत वर्ष मङ्सिरमा जोशीको निधन भएको थियो। उनी पनि कांग्रेसबाट निर्वाचित भएका थिए।

गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका– ४ का वडाध्यक्ष सर्जन बोहराको निधनपछि पद रिक्त छ। उनी एमालेबाट जितेका थिए। यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडाध्यक्षको मनोरथ भट्टको पनि निधन भएर पद रिक्त छ। उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। गत मङ्सिरमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन सरकारले गत वैशाखमै गरेको थियो। भने, प्रदेश र स्थानीय तह रिक्त पदको उपनिर्वाचन आगामी वैशाखमा गर्ने तयारी सरकारले थालेको छ।


२२ भदौ २०८०, शुक्रवार १२:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु