punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डलाई लडाकु शिविरको छानबिन गर्न धनगढीबाट एमालेको चुनौती

Chaupati
safha napa

नेकपा (एमाले)ले सरकार र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई लडाकु शिविर प्रकरणको छानबिन गर्न चुनौती दिएको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लडाकु शिविर प्रकरणको छानबिन गर्न चुनौती दिएका हुन्।

एमालेको सुदूरपश्चिम प्रदेश स्कुल विभागको आयोजनामा आजबाट सुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै स्कुल विभाग प्रमुख समेत रहेका उपमहासचिव ज्ञवालीले यस्तो चुनौती दिएका हुन्।

उनले सरकारले प्रचारात्मक काम मात्र गरिरहेको भन्दै लडाकु शिविरको छानबिन गर्न प्रचण्डलाई चुनौती दिए। ‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकु शिविरको छानबिन गर्ने सक्ने आट छ रु’ उनले भने। उनले २२ पटकसम्म सुन छाडेर २३औँ पटकमा पक्राउ गरेको भन्दै त्यसमा पनि सरकारको कमजोरी रहेको बताएका थिए।

‘२३ औँ पटकमा पक्राउ गरिएको रहेछ। २२ पटक सम्म त छुट्यो नि। ८ दिनपछि सुन निकालिसकेको गोदाममा छापा मारेर के गर्न खोजेको हो रु’ उनले भने, ‘२२ पटकसम्म सुन तस्करी गर्नेहरूलाई खोज्नु पर्दैन रु मुख्य नाइके को(को हुन् रु खोज्नु पर्दैन रु’

यस्तै, उनले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको बुवा(छोराको नाम पनि सुन तस्करीमा जोडिँदा सरकारले छानबिन गर्न आनाकानी गरेको दाबी गरे। उनले मुलुकको खस्किँदो अवस्थाले एमाले चिन्तित रहेको उनको जिकिर छ।

उनले भने, ‘नेपाको राष्ट्रिय हित सङ्कटमा छ। चौतर्फी निराशामा छ। ८ लाख भन्दा बढी श्रम स्वीकृति लिएको पाइएको छ। देश रित्तो हुने अवस्था छ। मुलुकको खस्किँदो अवस्थाले एमाले चिन्तित छ।’

सत्ता टिकाउनको लागि सत्ता गठबन्धनले घटिया काम गर्न पनि पछि नपरेको उनको आरोप छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नेपालको भन्दा भारतको बढी हित भएको उनको भनाइ छ


१४ साउन २०८०, आइतवार १४:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु