punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मिटर ब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुन:पारित

Chaupati
safha napa

राष्ट्रियसभाबाट मिटरब्याजसम्बन्धी मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रियसभाबाट पुन : पारित भएको छ।

प्रतिनिधिसभाले संशोधनसहित पारित गरी राष्ट्रियसभामा पठाएको विधेयक पुन:पारित गर्नका लागि कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सभामा प्रस्तुत गरेका थिए।

त्यसअघि राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले सन्देशसहित प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरेका थिए।

बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।

यो विधेयक राष्ट्रियसभामै उत्पत्ति भएको थियो।

मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो राष्ट्रियसभाबाट पारितपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जानेछ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट विधेयक प्रमाणीकरण भएपछि ऐनको रुपमा लागू हुनेछ।


११ साउन २०८०, बिहीवार १४:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु