punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुराको आलितालमा एक युवती मृत फेला

Chaupati
safha napa

डडेल्धुराको आलिताल गाँउपालिकामा एक युवती मृत फेला परेकी छन् । डडेल्धुराको आलिताल गाँउपालिका -७ खिन्नेभाडीकी २१ वर्षीय नन्दा साँउद आज बिहान मृत फेला परेकी हुन ।

उनी घर नजिकै ५०० मिटर परको पहिरोमा खसेको अवस्थामा बिहान ६:३० बजे फेला परेकी हुन । उनि घरबाट राति १२:३० बजे हराएकी थिइन। रातभरि खोज्दा बिहान मात्रै पहिरोमा खसेको अबस्थामा शब फेला पारेको हो। उनि घरबाट बेपत्ता भएपछी संगै सुतिरहेकि बहिनी अनिताले घरका अन्य सदस्यहरुलाई खबर गरेपछि खोजि कार्य गरिएको थियो ।

चप्पल र चुन्नि पहिरोको डिलमा देखिएको हुदाँ घटना संकास्पद रहेको भन्दै सत्य तथ्य छानबिन हुनु पर्ने मृतकका बुवाको माग छ।प्रहरीको टोलि घटना स्थल तिर पठाईसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मनोहर भट्टले बताए। उनले जिल्लाबाट नै इन्सपेक्टरको नेतृत्वमा टोलि पठाएको र घटनास्थल सम्म पुग्न २/३ घण्टा हिड्नु पर्ने हुँदा टोली पुग्न ढिलाई भएको बताए । यस सम्बन्धमा थप अनुसन्धान हुने उनले जानकारी दिए।


११ साउन २०८०, बिहीवार १५:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु