punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका १४ वर्षिय बालक ५ दिनदेखि सम्पर्क विहीन

Chaupati
safha napa

बैतडीका एक १४ वर्षिय बालक सम्पर्क विहीन भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ कनिना डङाका  १४ वर्षिय रमेश भट्ट ५ दिनदेखि सम्पर्क विहीन भएका हुन्।

आफन्तका अनुसार उनी आइतवार दिउँसोदेखि सम्पर्क विहीन भएका हुन्। सुस्त मनस्थिति भएका १४ वर्षका छोरा हराएपछि घर परिवारले खोज तलास गरिदिन प्रहरीमा निवेदन दिएको छ। माधव भट्टले आफन्त तथा ईष्टमित्र सबै ठाउँमा खोजतलास गर्दा पनि छोरा सम्पर्कमा नआएको बताएका छन्।

उनीहरुले आइवारदेखि घर नजिकैको जगंल, खोलानाला र छिमेकी गाउँमा समेत बालकलाई खोजेका छन्। सम्पर्क विहीन भएका रमेशलाई देख्नेले स्थानीय प्रहरी तथा ९८६८७४४२६७ मा खबर गर्न आफन्तले आग्रह गरेका छन्।


११ साउन २०८०, बिहीवार १४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु