punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सय किलो सुन तस्करीमा गृहमन्त्रीको संलग्नता रहेको छ : देवेन्द्र दाहाल

Chaupati
safha napa

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता देवेन्द्र दाहालले सय किलो सुन तस्करीमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको बताएका छन् । नेकपा एमाले राष्ट्रिय सभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीको संलग्नता बिना त्यत्रो सुन तस्करी हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने हो तर त्यसो नभएको भन्दै अब गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनुपर्ने बताए । उनले गृहमन्त्री, अर्थमन्त्रीलाई जानकारी नभइ यति ठूलो परिणामा सुन तस्करी हुनै नसक्ने बताए ।

उनले सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ त्यसको जवाफ कसले दिने ? भन्दै प्रश्न गरे । उनले सुरक्षा व्यवस्थामा खटिएका कर्मचारी, भन्सार कर्मचारी र गृहमन्त्री एवं अर्थमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने बताए । उनले सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने र समितिमा राष्ट्रिय सभा सदस्यहरु पनि रहनुपर्ने माग गरे ।

उनले भने, ‘यतिबेला नेपाल सुन तस्करीको ट्रान्जिक्ट प्वाइन्ट भएको छ । जब सरकार कमजोर हुन्छ, जब राज्य स्वयं यस कुरामा संलग्न हुन्छ यो अझै मौलाएर जान्छ, यतिबेला ठिक त्यस्तै भएको छ । यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नता बिना हुनसक्ला र ? त्यसैले यो नैतिकताको विषय रहेन, ३ गते राजीनामा दिएको भए नैतिकताको विषय हुन्थ्यो, यो त अब सम्पूर्ण सुरक्षा र भन्सारमा रहेका कर्मचारी अनुसन्धानमा आउनुपर्छ । सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्छ ।’

 


११ साउन २०८०, बिहीवार १३:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु