सुन तस्करी प्रकरण: पक्राउ पर्नेको संख्या ९ पुग्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरेको करिब १ सय किलो सुन तस्करीमा संलग्न ९ जना पक्राउ परेका छन्।
बुधबार राति सुन ओसारपसारमा संलग्न अरोपमा ६ जना पक्राउ परेका थिए।
त्यस्तै आज दिउँसो चिन भाग्न लागेका चिनियाँ नागरिक लिङ चुवाङ विमानस्थलबाट पक्राउ परेका थिए ।
राजश्व अनुसन्धान विभागको टोलीले बिहीबार साँझ काठमाडौंबाट थप दुई जना पक्राउ गरेको हो।
सुन तस्करी प्रकरणमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट पक्राउ परेका छन्।
यसअघि कोटेश्वरबाट राजन श्रेष्ठलाई पक्राउ गरेको थियो।
४ साउन २०८०, बिहीवार २१:१९ बजे प्रकाशित































