punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दाङमा पार्किङमा राखिएको बस भित्र ७३ वर्षीया बृद्धा महिला बलात्कार

बलात्कारको आरोपमा दुई युवा पक्राउ 

Chaupati
safha napa

दाङको तुलसीपुरमा पार्किङ गरि राखिएको बसभित्र ७३ वर्षीया बृद्धा महिलामाथि बलात्कार भएको छ ।

बिहीबार राति १२ बजेतिर तुलसीपुर बसपार्कमा ती महिलामाथि  दुईजना युवाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ती महिला प्यूठानबाट उपचारका लागि तुलसीपुर आएको र घर जान भन्दै राति बसपार्क पुगेकी थिइन् ।

सोही क्रममा सहयोग गर्ने बहाना बनाएर दुईजना युवाले बसपार्क भित्र पार्किङ गरि राखेको ना४ख ७८४८ नम्बरको बस भित्र पुर्‍याइ पालैपालो बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बलात्कार गरिरहेको अबस्थामा ती महिला कराईरहेको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी बसपार्क पुगेर दुईजना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका- ७ का २० बर्षीय रेशम बिक रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

#बलात्कार


५ साउन २०८०, शुक्रवार १०:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु