एमालेमा भीम रावलको सक्रियता बढ्यो, साँफेबगरका कार्यकर्तासँग गरे अन्तरक्रिया
पार्टी नेतृत्वप्रति विमति राख्दै लामो समयदेखि निस्क्रिय रहेका एमाले नेता भीम रावलले सक्रियता बढाएका छन् । उनले गृहजिल्ला अछाममा पार्टी कार्यक्रम गरेर आफ्नो सक्रियता सार्वजनिक गरेका हुन् ।
रावलले जिल्लाको साँफेबगरमा एमालेका कार्यकर्तासँग छलफल गरेका हुन् ।
नेतृत्वको कार्यशैलीबाट चिढिएका रावललाई फकाउन एमाले नेताहरुले प्रयास गरिरहेका थिए ।
रावलसँग दोस्रो तहका नेताहरुले पटक–पटक छलफल गरेको बताइएको छ । तर पछिल्लो समय नेतृत्वसँग छलफल नगरी रावल गृहजिल्लाको पार्टी कार्यक्रममा सहभागी भएका हुन् ।
पूर्वउपाध्यक्ष रावल यसअघिको महाअधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लडेका थिए
२ साउन २०८०, मंगलवार १२:५४ बजे प्रकाशित













