punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली नदीमा नुहाउन गएका किशोर बेपत्ता

Chaupati
safha napa

कञ्चनपुरस्थित महाकाली नदीमा एक किशोर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका ११ भुजेका स्थानीय १७ वर्षीय किशोर नदीमा बेपत्ता भएका हुन्।

सोमबार साँझ साढे ५ बजेतिर पौडीसँगै माछा मार्न नदीमा पसेका युवक क्रिस सुनार बेपत्ता भएको प्रहरीले जनाएको छ। माछा मारेर घर फर्किने क्रममा जालसँगै अड्किएर सुनार बेपत्ता भएको स्थानीय अम्बादत्त जोशीले बताए।‘सहकर्मीसँगै नदीमा पौडी खेल्नेदेखि माछा मारेर फर्किने क्रममा जाल खुट्टामा अड्किएपछि उनी नदीमै हराए।

अर्का युवक नदी तरेर फर्किए, उनले भने, ‘यो साउने उर्लिँदो महाकालीमा सुनार बेपत्ता भएका छन्।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बेपत्ता भएका किशोरको खोजी कार्य भइरहेको बताए। ‘हामीलाई सूचना आएलगत्तै हाम्रो टोलीसहित सशस्त्र प्रहरीको टोली घटना स्थलमा परिचालन भएको छ,उनले भने, ‘नदीमा हराएका किशोरको खोजी कार्य जारी छ।’ बाढी आउने समयमा ठस्ला नदी तथा खोलामा नुहाउने, तर्ने जोखिम नलिन नागरिक समाजले आग्रह गरेको छ।


२ साउन २०८०, मंगलवार १२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु