punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सप्तकोशीमा ट्रक खस्यो, ट्रकमा रहेका ३ जनाको सकुशल उद्धार

Chaupati
safha napa

काठमाण्डौ । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ । आज शुक्रवार बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ ।

ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको हो भने, ट्रकलाई नदीले बगाएको छ ।


२९ असार २०८०, शुक्रवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु