punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशः बजेटमाथि छलफलै सुरु भएन,बैठक बोलाउने तयारी

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागी ल्याएको बजेट माथी बजेट छलफल  हुन सकेको छैन्। प्रदेश सभाको दोस्रो अधिवेशनको १४ औं बैठकबाट बजेट प्रस्तुत गरिएको करिब एक महिना पुग्न लाग्दा दलभित्रै असन्तुष्टिले बजेट माथी छलफल अघि बढ्न नसकेको हो।
सरकारले असार १ गते चालु र पुँजिगततर्फ गरी २९ अर्व २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थियो। सरकारले ल्याइएको बजेटसँगै विकास कार्यक्रम ९रातो किताव० प्रति सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुमा व्यापक असन्तुष्टि बढेको छ। बजेटमाथि सत्तारुढ दलसँगै भित्रै प्रतिपक्षीको असन्तुष्टि बढेको छ ।

बजेट वक्तव्यपछि स्थगित भएको प्रदेशसभा बैठक सोमबार बोलाउने तयारी भएको छ। यसका लागि मुख्यमन्त्री कमलबहादुर शाह, सभामुुख भीमबहादुर भण्डारी र आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीबीच शनिबार छलफल भएको थियो । सभामुख भण्डारीका अनुसार आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। साथै सोमबार प्रदेशसभा बैठक बोलाउने र मंगलबारदेखि बजेटमाथिको छलफल सुरु हुने सभामुख भण्डारीले बताए।

सुदूरपश्चिम सरकारको बजेटमाथि सत्तारुढ दलका सांसदहरूकै व्यापक असन्तुष्टि रहँदा बजेटमाथिको छलफल अगाडि बढ्न नसकेको हो। सभामा असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाहीले विनियोजन तथा अर्थ सम्बन्त्री व्यवस्था गर्न बनेको विधेयकलाई सभामा ‘टेबुल’ गरेपछि सभामुख भण्डारीले ‘आगामी बैठक अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको’ घोषणा गरेका थिए। तर अहिलेसम्म बैठक बोलाईएको छैन्। सरकारले असार १ गते चालुतर्फ नौ अर्व ५९ करोड ६० लाख दुई हजार तथा पुँजिगततर्फ १७ अर्व दुई करोड २३ लाख ६० हजार गरि २९ अर्व २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थियो।


२४ असार २०८०, आइतवार ११:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु