अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान सुरु
कैलाली । अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर–२ मा रहेको दुर्गालक्ष्मी नमुना माध्यामिक विद्यालयमा आज शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हो।
११ पदका लागि हुने निर्वाचनका लागि २३ जनाले उम्मेदवारी दिएका छन्। संघको नयाँ कार्यसमितिको अध्यक्षका लागि ३ जना र उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (वाणिज्य), उपाध्यक्ष (वस्तुगत), महासचिव, कोषाध्यक्ष, सचिवका लागि २र२ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै संघको ४ जना सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन्।
३ जना अध्यक्षका उम्मेदवार रहेका छन् चुनावमा दुई प्यानल छन्।
२३ असार २०८०, शनिवार ०९:४९ बजे प्रकाशित































