punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

Chaupati
safha napa

बाजुराको खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ ग्वानीकी संगिता बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

उनका अनुसार बोगटी मार्तडीबाट घर फर्किने बेला खोला तर्ने क्रममा बगाएर २० मिटर तल मृत अवस्थामा फेला परेकी हुन्। स्थानीयले महिलालाई खोलाले बगाएको खबर गरेपछि प्रहरीको टोली गएर खोजी गर्दा मृत अवस्थामा फेला पारेको प्रहरी नायब उपरिक्षक बोहराले बताए।


११ असार २०८०, सोमवार १५:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु