punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा छैन विपदको पूर्वतयारी

Chaupati
safha napa

मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा क्षति गरेका समाचार आइरहेका भए पनि यहाँका स्थानीय तहहरुले अझै विपदको पूर्वतयारी थालेका छैनन्। यहाँका स्थानीय तहहरुले विपद व्यवस्थापन‚ पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका छन्।

जिल्ला विपद व्यवस्थापन समितिको गत जेठ २१ गते बसेको बैठकले १५ दिनभित्र यहाँ स्थानीय तहहरुलाई आगामी आर्थिक वर्षका लागि विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरि जिल्ला प्रशासनमा पठाउन आग्रह गरेको थियो। तर हालसम्म पनि सबै स्थानीय तहले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरि नपठाएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

पालिकाको सेवा क्षेत्रभित्र विपदको अवस्था, जनशक्ति परिचालन, जोखिम र प्रतिकार्यका लागि अवलम्बन गर्न सकिने उपाय र विपदका बेला आवश्यक पर्ने राहत तथा उद्धारको लागि उपकरण र सामग्रीको व्यवस्थापनको विषय समेटेर विपद प्रतिकार्य योजना तयार गर्नुुपर्ने हुन्छ।

यहाँका केही पालिकाले प्रतिकार्य योजना तर्जुमा गरि पठाएका भए पनि ढाँचाअनुसार नभएकाले दोस्रो पटक तयार गर्न भनिएको छ। जिल्लाको शिवनाथ, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाले प्रतिकार्य योजना तर्जुमा गरि पठाएका भए पनि पूर्ण विवरणसहितको योजना नआएकाले पुनः पठाउन आग्रह गरिएको पन्थीले बताए।

उनले भने, ‘सबै पालिकालाई जिल्ला विपद व्यवस्थापन समितिलाई अद्यावधिकसहितको प्रतिकार्य योजना तर्जुमा पठाउन भनेका छौं तर हालसम्म पनि सबैको आएको छैन। एक दुई दिन पर्खन्छौं, त्यसपछि ताकेता गर्छौं।’

स्थानीय तहहरुले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरि नपठाउँदा जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन पनि समस्या भइरहेको प्रजिअ पन्थीले बताए।

उनले भने, ‘स्थानीय तहहरुले पठाएपछि जिल्लाले योजना बनाउने उनीहरुले नै ढिला गर्दा केही समस्या आएको छ तर हामीले पनि प्रतिकार्य योजना बनाउन आफ्नो किसिमले तयारी थालेका छौं।’


१२ असार २०८०, मंगलवार ०६:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु