punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा

Chaupati
safha napa

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनले उक्त कोषमा सदस्यसचिव रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको आरोप छ।

अख्तियारले २०७४ साउन ३२ गतेदेखि २०७९ जेठ ३० गतेसम्म आर्जन गरेको सम्पत्ति माथि जाँच गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको हो।

अख्तियारले बिगो रकम र जरिवाना गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो।


११ असार २०८०, सोमवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु