punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोहन्याल गाउँपालिका कार्यालय सार्ने निर्णयमा स्थानीयको आक्रोश, वडाध्यक्ष घाइते

Chaupati
safha napa

कैलालीको गाउँपालिकाको कार्यालय सार्ने विषयमा झडप भएको छ । गाउँसभा बैठकले गाउँपालिकाको कार्यालय सार्ने निर्णय गरेपछि स्थानीयले ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

५ वर्षदेखि गाउँपालिकाको कार्यालय वडा नम्बर ४ खिमडीमा रहेको छ । हिजोको गाउँ सभाले वडा नम्बर १ भकुण्डेटार सार्ने निर्णय गरेको थियो । बहुमतका आधारमा कार्यालय सार्ने निर्णय गरिए पनि हाल कार्यालय रहेको स्थानका स्थानीयले ढुंगामुढा गरेका थिए ।

ढुंगामुढाबाट वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर शाही घाइते भएको इन्सपेक्टर खगेन्द्र साउदले जानकारी दिए । स्थानीयले कार्यालयमा समेत क्षति पुर्‍याएका छन् ।


११ असार २०८०, सोमवार १२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु