punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा कारागारमा छोरा भेट्न गएकी आमा खैरो हिरोइनसहित पक्राउ

Chaupati
safha napa

कैलाली जिल्ला कारागारमा छोरा भेट्न गएकी एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका-१ मा रहेको कारागारमा लागुऔषधसहित धनगढी- ३ मिलन चोककी ५० वर्षीय कमलादेवी अवस्थी पक्राउ परेकी हुन् ।

लागुऔषधमा कारागार चलान भएका २१ वर्षीय ओमप्रकाश अवस्थीलाई भेट्न गएकी कमलादेवीको साथबाट लागुऔषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

उनले छोराका लागि ल्याएको बिस्कुटभित्र ५४० मिलिग्राम लागुऔषध भेटिएको साउदले बताए ।

 


१० असार २०८०, आइतवार २१:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु