punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीमदत्त नगरपालिकाले ल्यायो १ अर्ब ८१ करोड ३५ लाखको बजेट

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले आइतबार १३ औं नगरसभाबाट १ अर्ब ८१ करोड ३५ लाख ८१ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।

सुदूरपश्चिम प्रदेशको पुरानो मध्येको भीमदत्तले कृषि, शिक्षा, स्वास्थ्य लगायतलाई प्राथमिकता दिएको छ । नगरपालिकाले ‘एक वडा एक उत्पादन’, ‘हाम्रो उपज, हाम्रै प्रयोग’ लगायतका नारासहित कृषिजन्य सामग्री भण्डारणसँगै कोल्डस्टोर निर्माण लगायतका योजना अघि सारेको छ ।

‘समृद्ध भीमदत्त सुखी नगरवासीको साझा सोच, वातावरणमैत्री आर्थिक सामाजिक पूर्वाधार विकास हाम्रो अठोट’ नारासहित शिक्षा र स्वास्थ्य लगायत विकास निर्माणका विभिन्न योजनाहरु अघि सारिएका छन् । एक वडा एक उत्पादन, छाडा चौपाया व्यवस्थापन लगायतका योजना अघि सारिएका छन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ‘हाम्रो विद्यालय उत्कृष्ट विद्यालय’को नारा अघि सारिएको छ । सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम, योग शिक्षा तथा व्यवहारिक एवं व्यावसयिक शिक्षामा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।


१० असार २०८०, आइतवार २१:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु