punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नायिका ऐश्वर्या राय छोरीसहित अस्पताल भर्ना

Chaupati
safha napa

काठमाडौं, साउन ३ । अमिताभ बच्चनको श्रीमती जया बच्चन बाहेक सबैमा कोरोना पुष्टि भइसकेको छ ।

कोरोना पोजेटिभ भएको ५ दिनपछि पूर्व विश्व सुन्दरी एवम् नायिका ऐश्वर्या राय बच्चन र छोरी आरध्यालाई अस्पताल भर्ना गरिएको छ ।

उनीहरुलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । उनीहरुलाई ५ दिन अघि संक्रमण पुष्टी भएको थियो ।

संक्रमण पुष्टी भएपछि घरमै आईसोलेसनमा बस्दै आएका उनीहरुलाई शुक्रबार साँझ नानावती अस्पतालमै भर्ना गरिएको छ ।

उक्त अस्पतालमा भारतीय अभिनेता अमिताभ बच्चन र ऐश्वर्या पति अभिषेक बच्चन उपचाररत रहेका छन् । उनीहरुलाई पनि शनिबार नै कोरोना पुष्टि भएको थियो ।

यसअघि अनुपम खेरको दाजु भाउजु र नायिका रेखाको सुरक्षागर्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बलिउड कलाकारका परिवारमा पनि संक्रमण बढेको छ।


३ साउन २०७७, शनिवार ०१:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु