punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

Chaupati
safha napa

काठमााडौं, साउन ३ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ।

अहिले देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइहेको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थान र  प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।


३ साउन २०७७, शनिवार ०१:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु