बझाङ दुर्घटना : कानुन मन्त्री सहित तीन जनाको अवस्था गम्भीर, हेलिकप्टरबाट नेपालगन्ज लैजाने तयारी

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना परि गम्भीर घाइते भएका छन् ।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो । बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना हुँदा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् ।
चार जना मध्ये चालक बाहेक अन्य तीन जनाको अवस्था गम्भीर रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले जानकारी दिइन् । उनका अनुसार मन्त्री सहित गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट नेपालगन्ज लैजाने तयारी भइरहेको छ ।


५ असार २०८०, मंगलवार १५:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु