सुदूरपश्चिमका कानूनमन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित चार जना घाइते

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र। ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् ।

खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।


५ असार २०८०, मंगलवार १४:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु