गेटामा विश्वविद्यालय मागको आन्दोलनमा प्रहरीको बल प्रयोग
कैलाली । कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै भइरहेको आन्दोलनमा आज प्रहरीले बल प्रयोग गरेको छ। गेटा अस्पतालको अनुगमन गर्न गएका आन्दोलनकारीलाई प्रहरीले बल प्रयोग गरि बाहिर निकालेको विश्व विद्यालय स्थापनार्थ गठित संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी दिए ।
गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीसँग कुराकानी गर्न गएका आन्दोलनकारीहरूलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको उनले बताए ।‘ उहाँको ९डाक्टर जोशीको० कार्यकक्षमा अस्पताल सञ्चालनको अवस्था बारे बुझ्न गएका थियौ तर, उहाँ आउनु भएका उनले भने प्रहरीले बल प्रयोग गरेर हामीलाई बाहिर निकाल्यो ।’
यसै बिच आन्दोलनकारीले ४ बजे देखी ५ बजे सम्म सरकारी सवारी साधन अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा तीन जनालाई पक्राउ गरिइएको सह संयोजक भट्टले जानकारी दिए । उनका अनुसार विनोद विष्ट, पुष्कर जोशी र सूर्य खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई केही बेर पछि प्रहरीले छोडेको थिए ।
२०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो ।
४ असार २०८०, सोमवार १६:२४ बजे प्रकाशित













