बझाङका ३ पालिकामा पूर्ण खोप सुनिश्चित
बझाङ जिल्लाका ३ पालिकालाई पूर्ण खोप सुनश्चितिता तथा दिगोपना’ पालिका घोषणा गरिएको छ । स्थानीय स्थायत्वि र सहभागतिा, पूर्ण खोप सुनश्चितिता हाम्रो प्रतबिद्धता’ भन्ने मूल नाराका साथ एक बृहत कार्यक्रमका बीच हिजो शनिबार विथ्थडचिर गाउँपालिकालाई पूर्ण खोप सुनश्चितिता तथा दिगोपना’ पालिका घोषणा गरिएको हो ।
विंथ्डचिर गाउँपालिकाद्वारा आयोजित एक समारोहका वीच विथ्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मरसिंह महरले पालिकालाई पूर्ण खोप सुनश्चितिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महरले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमकितामा राखेर काम गरिरहेको बताए । सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमकितामा राखेर काम गर्दै आएको र त्यसमा पालिका समेत प्रतिबद्ध रहेको बताए । गत आर्थिक वर्षमा स्थानीय सरकारले समेत पालिकाले स्वास्थ्य क्षेत्रमा करौडौ रुपैयाँ खर्च गरेको बताए ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश विष्टले पालिकाका सबै महिला स्वास्थ्य स्वयंसेवीकाले उत्कृष्ट काम गरेको बताए । पालिकालाई पुर्ण खोप सुनिश्चितता गर्नका लागि सबै स्वास्थ्यकर्मीहरुको उल्लेखनीय भुमिका निर्वाह गरेको बताए । अहिले जिल्लाभरि यो अभियान संचालनमा रहेको छ ।
विथ्थडचिर गाउँपालिकाका स्वास्थ्य संयोजक गौरीलाल बोहराका अनुसार पालिकाभित्र एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, २ वटा स्वास्थ्य चौकी, ६ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य ईकाई गरी जम्मा ११ वटा स्वास्थ्य संस्थाहरु रहेको बताए । यी स्वास्थ्य संस्थाहरुबाट सेवा प्रभावह भइरहेको र पालिका भरी १० वटा खोप केन्द्रहरु बाट नियमित मासिक रुपमा खोप सेवाहरु प्रदान भइरहेको जानकारी दिए ।
पुर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार चैत्र महिनाभित्र स्वास्थ्यकर्मीबाट घरधुरी सर्भेक्षण गरी ० देखि १५ महिनामुनिका ४ सय ११ बालबालिका र १६ देखि ५९ महिनासम्मका ९ सय ८ जना गरी जम्मा १ हजार तिन सय १९ जना बालबालिकाहरुले पुर्ण खोप पाएको बताए ।
जिल्लाका १२ वटा पालिकामध्ये विथ्थडचिर गाउँपालिका तेस्रो स्थानमा पुर्ण खोप सुनिश्चितता पालिका घोषण भएको जिल्ला स्वास्थ्य कार्यलय बझाङ स्वास्थ्य निरीक्षक दिपक ऐडीले बताए । २ वटा नगरपालिका र १० वटा गाउँपालिका मध्ये पहिलो दुर्गाथली गाउँपालिका दोस्रो खप्तडछान्ना गाउँपालिका सुनिश्चितता घोषणा भइसकेको जानकारी दिए ।
३ असार २०८०, आइतवार ०९:२३ बजे प्रकाशित













