नहरमा डुबेर कञ्चनपुरमा एक युवकको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोबरियामा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । ३५ वर्षीय भुवनराज भट्टको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार शनिबार बिहान खेतमा पानी लगाउन गएका भट्ट नहरमै मृत भेटिएका हुन् ।

 


२७ जेठ २०८०, शनिवार १७:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु