जहाज दुर्घटना हुँदा अमेजन जङ्गलमा खसेका चार बालक ४० दिनपछि जीवित भेटिए
ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा अचम्मको घटना घटेको छ।
हवाईजहाज दुर्घटना हुँदा जङ्गलमा खसेका बालकहरू ४० दिनपछि उद्धार टोली पुग्दा पनि जीवित भेटिएका छन् ।
अमेजन जङ्गलमा खसेको हवाइजहाबाट झरेका चार बालक जीवित भेटिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
कोलम्बियाको उक्त सफलतामा वामपन्थी राष्ट्रपति गुस्ताबो पेत्रोले खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘यो सारा राष्ट्रको खुसी कुरा हो।’
एकै परिवारका चार दाजुभाइ गत मे १ मा एकल इन्जिन भएको हवाईजहाज सेस्नाबाट खसेका थिए ।
१३, ९, ४ र १ वर्षका बालकहरू जीवित भेटिए पनि उनीहरूका आमाबुबा र पाइलटको भने दुर्घटनामा ज्यान गएको थियो ।
कोलम्बियानी सेनाले दुई बच्चालाई रेनफरेस्टमा बाच्न सक्ने कला आएकोले उनीहरूको ज्यान जोगिएको बताएका छन् ।
२७ जेठ २०८०, शनिवार १७:५३ बजे प्रकाशित













