punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चौथो खेलमा नेपाल मलेसियासँग पराजित, शृङ्खला बराबरी

Chaupati
safha napa

पाँच खेलको महिला टी(२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

जितका लागि नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेटाएको हो ।

योसँगै पाँच खेलको शृङ्खला २-२ को बराबरी भएको छ । अब बाँकी एक खेल जित्ने टोली यो शृङ्खला जित्नेछ ।

मलेसियाको जितका लागि विनिफ्रेड डुराइसिंगमल सर्वाधिक ३८ रनको योगदान गरिन् । यस्तै, महिराह इज्जाती इस्माइलले १६ रन, मास एलिशाले १३, नुर एरियाना नात्स्याले ९, आइना हाशिम र आयसिया एलिसाले एकरएक रनको योगदान गरे ।

नेपालकी कविता कुँवर, रुबिना क्षेत्री, सीता रानामगर र कविता जोशीले एकरएक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्माले ३१ बलमा तीन चौकासहित सर्वाधिक ३२ रनको योगदान गरिन् भने विन्दु रावलले २६ बलमा एक चौकासहित २४ रन बनाइन् ।

सम्झना ८ रन, ओपनर काजोल श्रेष्ठले ६ रन , ज्योति पाण्डे १ रन र कप्तान रुविना क्षेत्री बेलबासे शून्य रनमै आउट भए । कविता जोशी १२ रन बनाएर अविजित रहिन् ।

मलेसियाकी विनीफ्रेड आनीले तीन विकेट लिइन् । महिराह इजाती इस्माली र एशया एलिसाले समान एक विकेट लिए ।


२० जेठ २०८०, शनिवार १२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु