यस्तो छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
१० जेठ २०८०, बुधवार ०९:५० बजे प्रकाशित












