बझाङको दौलीचौर केन्द्रविन्दु भएर भुकम्प
धनगढी – बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
पश्चिमी क्षेत्रमा केही समय यता लगातारजसो भूकम्प गइरहेको छ । पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् ।
पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो । जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन उहाँको सुझाव छ ।
१० जेठ २०८०, बुधवार ०८:२२ बजे प्रकाशित












