माधव नेपाल सुटुक्क राष्ट्रपति भेट्न सितल निवास

काठमाडौं, असार ३१ । नेकपामा आन्तरिक विवाद चर्किंदै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर भेटघाट गरेकी छन्। तर नेपालको सचिवालयले भने भेटघाटको पुष्टि गरेको छैन ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनीहरुबीच पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिबारे कुराकानी भएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाएर पार्टीलाई एकतावद्ध बनाएर लैजान नेपाललाई आग्रह गरेकी थिइन् भने नेपालले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीलाई सम्झाउन आग्रह गरेका आजको नेपाल समाचार पत्रमा समाचार छ ।


३१ असार २०७७, बुधवार ०२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु